
काठमाण्डु,५ माघ– प्रहरीले ललितपुरबाट सामाजिक सञ्जाल टीकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा रुकुम पूर्व घर भई हाल ललितपुरको हरिसिद्धी बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् । उनले ईसेवालगायत अन्य डिजिटल वालेनमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर टीकटकमार्फत जुवा खेलाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन ।
उनलाई अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा मंगलबार ललितपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनले १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३२१ रुपैयाँ कारोबार गरेको देखिएको छ ।
प्रहरीले उनको साथबाट जुवा खेलाउन प्रयोग भएको स्मार्ट फोन, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिस्टर र तास बरामद गरेको प्रहरीले जानकारी दिएको छ।