१ लाख ४० हजार रुपैयाँ घूससहित एक इन्जिनियरलाई पक्राउ

काठमाण्डु टुडे २०७९ माघ ३ गते १७:२९ मा प्रकाशित

काठमाण्डु,३ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घूससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह रहेका छन ।

साहलाई अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस उजुरी परेपछि अख्तियारको टोली खटिएको थियो ।

उनलाई एक लाख चालीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us