बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

काठमाण्डु टुडे २०७९ माघ ३ गते १६:३६ मा प्रकाशित

काठमाण्डु,३ माघ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । आज मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका छन ।

कुल ११० संसद सदस्यीय रहेको बागमती प्रदेशमा उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९४० एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न उक्त विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा पेश गरेका थिए ।

उनको विश्वासको मत सम्बन्धी प्रस्तावमा सत्ता गठबन्धनका दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो ।

त्यस्तै सरकारलाई समर्थन दिएको नेकपा एकीकृत समाजवादीले पनि उनलाई विश्वासको मत दिएको थियो भने प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको थियो ।

बागमती प्रदेशसभाको मंगलबारको बैठकमा कुल ११० सदस्य मध्ये १०९ जना उपस्थित रहेका थिए । एक जना सांसद भने अनुपस्थित रहे भने सभामुख र उपसभामुखले विश्वासको मत सम्बन्धी प्रस्तावमा भाग लिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us