
काठमाण्डु,३ माघ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणलगत्तै खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
४ मंसिरमा भएको निर्वाचनमा खनाल काठमाण्डु–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।
उनलाई सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्य सहितका कर्मचारीले मन्त्रालया स्वागत गरेका थिए ।