भिरबाट लडेर एक जनाको मूत्यु

काठमाण्डु टुडे २०७९ माघ ३ गते १४:२४ मा प्रकाशित

पाल्पा,३ माघ– पाल्पाको रैनादेवी छहरा गाउँपालिका – ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको मूत्यु भएको छ । मूत्यु हुनेमा ६० वर्षका वेदबहादुर बलाल रहेका छन ।

सोमबार बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर बलालको मृत्यु भएको पाल्पा प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार भिरबाट लडेर मृत अवस्थामा रहेका बलाललाई भेटेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us