राजेन्द्र लिङ्देन उपप्रधान एवं ऊर्जामन्त्री बने

काठमाण्डु टुडे २०७९ माघ ३ गते १३:१९ मा प्रकाशित

काठमाण्डु,३ माघ– उपप्रधा एवं ऊर्जामन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । यससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा चार उपप्रधानन्त्री भएका छन् ।

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us