
काठमाण्डु,१ माघ– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आज (आइतबार) विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए ।
जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले बताएको छ ।