
काठमाण्डू, २ जेठ– प्रहरीले माइक्रो बस चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डू महानगरपालिका–१६ वनस्थली बस्ने १९ वर्षीय सुदीप थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
थापालाई बिहीबार पक्राउ गरीएको प्रहरीले जनाएको छ । थापाले वैशाख २९ गते काठमाण्डू महानगरपालिका वडा नम्बर १६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस चोरी गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिएका छन ।
माइक्रो बससहित धादिङबाट पक्राउ परेका उनीमाथि चोरीसम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाण्डूबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।