कांग्रेस र एमालेसँग मिल्दा हामी कमजोर हुँदा रहेछौँः प्रचण्ड

काठमाण्डु टुडे २०८२ जेठ २ गते १६:३२ मा प्रकाशित

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनः आफ्नै वर्गतिर फर्किएको दाबी गरेका छन ।

आज (शुक्रबार) जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत बैतडीको पाटन पुगेका माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले यसबीचमा पार्टी र नेताहरूले पनि कमजोरी गरेको र त्यो अनुभूति आफूहरूले गरेकाले पुनस् आफ्नै वर्गसँग जोडिनका लागि अभियान सञ्चलान गरिरहेको पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी फेरि आफ्नै वर्गतिर फर्किएका छौँ, आफ्नै समुदायतिर फर्किएका छौँ। जब हामीले आत्मसमीक्षा गर्‍यौँ र नयाँ आर्थिक क्रान्ति गर्ने, अभियान चलाउने सङ्कल्पसहित आएका छौँ, ‘उपचुनाव भयो, हामी पहिलो पार्टी भयौँ। कांग्रेस–एमालेसँग मिल्दा कमजोर हुने रहेछौँ। स्ववियुको निर्वाचनमा पनि धेरै ठाउँमा जित्यौँ ।’

उनले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तमा चलखेल गरिरहेको पनि बताएका छन । उनले भने, ‘राष्ट्र बैंकको गभर्नर कहिलेसम्म नल्याउने हो ? तत्काल नियुक्त हुनुपर्ने पद हो त्यो ।

तर, सरकार अनेक चलखेल र प्रपञ्चमा लागिरहेको छ । त्यसैले सरकार गलत दिशातिर गयो । बिचौलियाहरूले बनाएका हुन् यो सरकार ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us