
काठमाण्डू, २ जेठ– कैलालीको घोडाघोडी नगरपालिका–४ गैंडाखेडामा आगलागीमा परेर धनमाल नष्ट भएको छ । आगलागीबाट एकेन्द्र शाहीको कच्ची घर, मदन बुढाको कच्ची घर र गोठ, डबल ठगुन्नाको कच्ची गोठ र विष्णु पाण्डेको कच्ची घर जलेर नष्ट भएको खुलेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार बिहान भएको आगलागीमा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाएको छ ।
आगलागीको खबर पाएपछि प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।