
काठमाण्डु,१ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाण्डुबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा भएको थियो ।
दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न नेपालले सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन ।उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ६८ यात्रु सवार थिए ।