
एजेन्सी– दक्षिण कोरियामा आज बिहीबार बिहान दक्षिण दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उदृत गर्दै बताएको छ ।
यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १०ः४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो ।
दुर्घटनामा परी गाडीमा सवार चारै जना मृत फेला परेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।