माइतीघरको धर्ना छाडेर अनुसन्धानमा सघाउन गृहमन्त्री लामिछानेको आग्रह

काठमाण्डु टुडे २०७९ पुष २४ गते १६:०६ मा प्रकाशित

काठमाण्डु,२४ पुस– बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाण्डुको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन उपप्रधानमन्त्री एवंम् गृहमन्त्री रवि लामिछानेले आग्रह गरेका छन् ।

सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विशेष टोली परिचालन गरि छानबिन गरिरहेको भन्दै गृहमन्त्रीले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन ।

मन्त्री भएर आएपछि उनले धर्नामा रहेकी रुबी खानलाई दुई पटक टेलिफोन गरि यो घटनामा सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेको उनको सचिवालयले बताएको छ ।

बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो । त्यसपछि आफ्ना दुई छोरासँग बसिरहेकी कुर्मीको ०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाका दुई छोराको रहस्यमय ढंगले मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us