सर्वदलीय बैठक जारी

काठमाण्डु टुडे २०७९ पुष २२ गते १४:३५ मा प्रकाशित

काठमाण्डु,२२ पुस– संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ । संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय संसद्‌को अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक सुरु भएको छ ।

साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेकाले बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक बसेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us