
काठमाण्डु, २१ पुस– काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राहदानीको आवेदन र वितरण रोकिएकामा आपत्ति जनाउँदै उक्त कार्य तत्काल सुचारु गर्न माग गरेको छ ।
प्रणालीमा समस्या उत्पन्न भएको बहानामा राहदानी विभागले गत १७ पुसदेखि राहदानी वितरण र आवेदन बन्द गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै यथाशिघ्र राहदानी आवेदन र वितरण थाल्न माग गरेका छन् । उनले बिचौलिया र कर्मचारीको मिलेमतोमा सेवा अवरुद्ध गरिएको भन्दै त्यसयमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन् ।
‘अनलाइन फारममा दलाली गरिएको र बिचौलियाहरू हाबी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघ अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिउको छ । उनले विभागको सिष्टम अवरूद्ध हुनुको मुख्य कारण गृह मन्त्रालयको नीतिबिनाको निर्देशन रहेकोसमेत उल्लेख गरेका छन् ।