२ जना युवकलाई चक्कु प्रहार गरेको अभियोगमा ५ जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २० गते १८:४५ मा प्रकाशित

काठमाण्डु,२० पुस– प्रहरीले अंग्रेजी नयाँ वर्ष २०२३ को इभमा दुई जना युवकलाई चक्कु प्रहार गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरका १९ वर्षीय निश्चल राई, सिन्धुलीका अनिष मगर, कैलालीका १८ वर्षीय अनिष मगर, मनोज कुँवर, रौतहटका धिरेन्द्र यादव र ओखलढुंगाका अनिष खत्री रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाण्डुका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुमध्ये एक जनालाई काठमाण्डु र चार जनालाई रौतहटबाट गरीएको हो। ।

उनीहरुले १६ पुसमा बेलुकी सवा ७ बजे काटेश्वर महादेवस्थानस्थित बागमती करिडोर सडकमा २३ र १८ वर्षका दुई युवकलाई छुरी प्रहार गरेका थिए ।

प्रहरीले पक्राउ परेकाविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाण्डुमा ५ दिन म्याद लिएको छ । हालसम्म छुरा प्रहार गर्नुको कारण खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us