
काठमाण्डु,२० पुस– सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
आज (बुधबार) साँझ सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन ।