प्रधानमन्त्री प्रचण्डको निजी सचिवमा ढुंगाना नियुक्त

काठमाण्डु टुडे २०७९ पुष २० गते १५:४५ मा प्रकाशित

काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवमा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउनु अगाडि ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहेका थिए ।

१४ पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएर आएका सहसचिव ढुंगानालाई प्रधानमन्त्रीको निजी सचिवमा नियुक्त गर्ने निर्णय भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us