सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाण्डु टुडे २०७९ पुष २० गते १४:५१ मा प्रकाशित

काठमाण्डु,२० पुस– सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरीएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार पुस २७ गते बेलुका ५ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले बहुमत प्रापत नगरेकाले उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि जोशीले आह्वान गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us