कांग्रेसको केन्द्रीय समितिको बैठक सर्‍यो

काठमाण्डु टुडे २०७९ पुष २० गते १३:४४ मा प्रकाशित

काठमाण्डु,२० पुस– कांग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पर सरेको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने उनले जानकारी दिएका छन । कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us