
काठमाण्डु,२० पुस– प्रहरीले बाराको सुवर्ण गाउँपालिका–३ बाट २ किलो चरेशसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । चरेश बोकेर भारततर्फ जाँदै गरेका युवकलाई सशस्त्र प्रहरीले बाराबाट पक्राउ गरेको हो ।
बाराको सुवर्ण गाउँपालिका–३ स्थित सतगञ्जबाट ३० वर्षीय राजकुमारलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
सतगञ्ज सीमा इलाकामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनको साथमा चरेश फेला परेको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कबहिगोठले पक्राउ गरेर आरोपीलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त सूचनाको आधारमा बिओपीबाट खटिएको टोलीले राजकुमार सवार बी आर–०५ ए भी ३०४२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चरेश फेला परेको थियो ।