
काठमाण्डु,१९ पुस– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको बताएका छन । अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसद्को आयु पनि पूर्णकालिन नहुने तर्फ आशंका छू थापाले भने ।
उनले मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्ने तर्फ राष्ट्रवादी शक्तिहरू चनाखो हुनुपर्ने बताएका छन ।
२७ पौषमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ ऊर्जाका साथ अघि बढ्ने समेत बताएका छन ।
राप्रपा नेपालले अङ्गीकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आवश्यक रहेको थापाको टिप्पणी गरेका थिय ।