भौतिक पूर्वाधार मन्त्री श्रेष्ठ आकस्मिक अनुगमन गर्न यातायात कार्यालय पुगे

काठमाण्डु टुडे २०७९ पुष १९ गते १२:२६ मा प्रकाशित

काठमाण्डु,१९ पुस – उपप्रधान एवंम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।

श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा गएको जानकारी दिएका छन ।

मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us