एमालेमा एक सांसद् थपिए

काठमाण्डु टुडे २०७९ पुष १९ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, १९ पुस– स्वतन्त्र सांसद् किरणकुमार साह एमाले प्रवेश गरेका छन् ।

साह सोमबार साँझ एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा साह रौतहट–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

दुई वर्षअघि जसपा छाडेर एमाले प्रवेश गरेका साहले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

साह प्रभु साह नेतृत्वमा नवगठित आम जनता पार्टीको नेता हुन् । उक्त पार्टीले साहलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । योसँगै प्रतिनिधिसभामा एमाले सांसदको संख्या ७९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us