माधव नेपाल र उपेन्द्र यादवको पार्टीबीच पार्टी एकता प्रयास

काठमाण्डु टुडे २०७९ पुष १८ गते २०:१६ मा प्रकाशित

काठमाण्डु, १८ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता गर्नेबारे छलफल सुरु भएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग पार्टी एकताबारे छलफल अघि बढेको बताए ।

मंगलबारको पोलिटब्यूरो बैठकपछि खतिवडाले उक्त जानकारी दिएका हुन् । ‘जसपासँग एकता भयो भने आश्चर्य नमाने हुन्छ’, खतिवडाले भने, ‘हामी छलफलमै छौं, सकारात्मक छलफल अघि बढेको छ ।’

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा दुवै दलले सोचेजस्तो परिणाम नल्याएपछि उनीहरु एकता प्रयासमा जुटेका हुन् । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद् छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us