
काठमाण्डु,१४ पुस– प्रहरीले क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा कीर्तिपुरबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित ४ जना रहेका छन् ।
कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि–२० पुरुष राष्ट्रिय क्रिकेट खेलमा उनीहरूले अनलाइन वेटिङ गराएको आरोप लागेको छ ।
बुधबार पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्सबीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार–जितको लागि उनीहरूले अनलाइन वेटिङ खेलाएका हुन् । घटना बारे थप अनुसन्धान भईरहेको छ ।