चीनमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हँुदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १४ गते १२:१३ मा प्रकाशित

एजेन्सी – चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक भएको छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको बताएका छन ।

दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना हो चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us