
काठमाण्डु,१४ पुस– सत्ता साझेदार दलहरुले ५ दिनभित्र दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । कार्यदलको संयोजक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।
बालुवाटारमा आज (बिहीबार) बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताएका छन । जसमा साझेदार दल हरुबाट एकएक जना प्रतिनिधि रहने भएका छन ।
कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ । साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको गूह मन्त्री लामिछानेले बताएका छन ।
न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको उनले बताएका छन ।