नेमकिपा सरकारमा जाँदैन: प्रेम सुवाल

काठमाण्डु टुडे २०७९ पुष १४ गते ११:१४ मा प्रकाशित

काठमाण्डु,१४ पुस– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै बस्ने बताएका छन । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका छन । नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् । संघ र बागमती प्रदेश दुवैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले बताएका छन ।

चुनावमा जनतासँग सरकारमा नगइ प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us