नक्कली नोटसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष १३ गते १७:३० मा प्रकाशित

काठमाण्डु,१३ पुस– तारकेश्वरबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका–५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

काठमाण्डु अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us