
काठमाण्डु,१३ पुस– नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा दिनमणी पोखरेल नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी छन । उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
प्युठानको झिमरुक गाउँपालिका–४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन ।