राप्रपा सरकारमा जाने

काठमाण्डु टुडे २०७९ पुष १३ गते १६:११ मा प्रकाशित

काठमाण्डु,१३ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ । आज (बुधबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपाले सरकारमा सहभागी हुने भएको छ ।

तर, आज बसेको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us