दक्षिण सुडानमा जातीय समुदायबीच झडप हुदा ५६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १३ गते १६:०५ मा प्रकाशित

एजेन्सी ,१३ पुस -दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा ५६ जनाको मृत्यु भएको छ ।

नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका हुन। डिसेम्बर २४ मा गुमुरुक काउन्टी र लिकुआंगोल काउन्टीमा मुर्ले समुदायमा सशस्त्र नुयर युवाहरूले आक्रमण गरेका ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका सरकारी अधिकारी अब्राहम केलाङले बताए ।

सरकारले समुदायहरूलाई मद्दत गर्न प्रबन्ध गरिरहेको छ, तर लडाई अझै जारी छ’ केलंगको भनाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । झडपमा ५१ जना नुयर समुदायका र पाँच जना मुर्ले डिफेन्डरहरू मारिएका उल्लेख गरीएको छ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु र जमिनको विषयलाई लिएर द्वन्द्वले ग्रस्त छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us