
काठमाण्डु,१३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग खुमलटारमा छलफलपछि उनी सिंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पुगेका हुन ।
सिंहदरबारमा दैनिक प्रशासनिक कार्यक्रम सकेर उनी आजै साँझ ५ बजे सरकारी निवास बालुवाटारमा सर्ने उनको कार्यक्रम रहेको छ ।