रेलले चेपिएर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १३ गते १३:४१ मा प्रकाशित

जनकपुर,१३ पुस– जनकपुर देखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका– २ का ३५ वर्षीय पुरन सदा रहेका छन । उनको जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

विदेह नगरपालिकास्थित विदेही स्टेशनमा रेल चढ्न लागेको अवस्थामा रेलको लिकमा खुट्टा फसेर उनको मृत्यु भएको हो ।

गुडिसकेको रेलमा जबर्जस्ती चढ्न लाग्दा खुट्टा फसेर तल रेल्वे लिकमा किचिएको रेल्वे महाप्रबन्धक निरञ्जन झा जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us