जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव सर्वसम्मत चयन

काठमाण्डु टुडे २०७९ पुष १३ गते १३:२५ मा प्रकाशित

काठमाण्डु,१३ पुस– जसपा संसदीय दलको नेतामा रामसायप्रसाद यादव सर्वसम्मत चयन भएका छन् । उनी सर्वसम्मत रुपमा प्रतिनिधिसभाको दलको नेता चयन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन ।

यसअघि जसपा संसदीय दलको नेतामा तीन जना सांसदको दाबी रहेपछि निर्वाचनबाट नेता चयन गर्ने भनेर निर्वाचन कार्यतालिका समेत तय भएको थियो ।

तर, अन्तिम समयमा सहमतिकै आधारमा उनी संसदीय दलको नेता चयन भएका हुन । जसपामा यादवसहित संघीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवले पनि दाबी रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us