आगोले जलेर वृद्धको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १३ गते १२:४४ मा प्रकाशित

काठमाण्डु,१३ पुस– सप्तरीमा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । मूत्यु हुनेमा बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत रहेका छन ।

घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले बताएका छन ।

हजुरबुबालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीसमेत जलेर मरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us