
काठमाण्डु,१२ पुस–कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने बताएका छन ।
उनले काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने बताएका छन ।
आज मंगलबार काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरेका छन ।
उनले संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरू रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने बताएका छन ।
उनले प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन अड्याएर अघि बढ्न मुस्किल हुने पटकपटक दोहोए ।