काठमाण्डु उपत्यकामा आज यो वर्षकै बढी चिसो

काठमाण्डु टुडे २०७९ पुष १२ गते १६:५५ मा प्रकाशित

काठमाण्डु,१२ पुस– काठमाण्डु उपत्यकामा तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । आज काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियसमा झरेको छ ।

यो तापक्रम काठमाण्डु उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार काठमाण्डु उपत्यकाको तापक्रम ५.५ डिग्री सेल्सियस रहेको थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा जारी रहेको छ ।

उनले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताएका छन ।

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु\कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री र अधिकमत तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us