राष्ट्रपतिद्वारा २५ पुसमा संघीय संसदको अधिवेशन आह्वान

काठमाण्डु टुडे २०७९ पुष १२ गते १६:३९ मा प्रकाशित

 काठमाण्डु,१२ पुस– प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभाको जेष्ट सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेको छु।’

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us