
काठमाण्डु,१२ पुस– उपप्रधान एवंम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलबिच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिएका थिय ।
अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो शुरुवात नै महासंघको प्रतिनिधिमण्डलसँगको भेटबाट भएको बताएका छन । उनले निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने बताएका छन ।
सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको उनले पारे । निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईँहरूको मनोबललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले बताएका छन ।
नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवद्वयको समेत उपस्थितिमा आयोजित भेटघाटमा अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको ‘अर्थतन्त्र जोगाऔं’ अभियानलाई सरकारको पनि समर्थन रहेको बताएका छन ।
उनले भने तपाईहरू दह्रो मनोबलका साथ काम गर्नुहोस्, समस्याको समाधान गर्न हामी प्रतिबद्ध छौं, अर्थमन्त्रीले भने, ‘समस्या छ तर समाधान गर्न सकिन्छ ।’