बालकोट पुगे राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०७९ पुष १० गते १४:०७ मा प्रकाशित

काठमाण्डु,१० पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रणनीति वार्ता अघि बढाएका छन् ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी अध्यक्ष प्रचण्डसँग पनि संवाद अघि बढाएका छन् । ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद दिने वचन दिइसकेको विवरण सार्वजनिक भएको छ ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसकिने भनेपछि प्रचण्ड बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका थिए । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे ओली र लिङ्देनबीच छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us