खोटाङमा बस दुर्घटना, ६ जना घाइते

काठमाण्डु टुडे २०७९ पुष १० गते १२:५२ मा प्रकाशित

काठमाण्डु,१० पुस– खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको हो ।

दुर्घटना परि घाइते भएकामध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरुलाई अस्पताल पुर्‍याउने काम जारी रहेको छ ।

केहीलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत् काठमाण्डु लैजाने तयारी भइरहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us