नक्कली नोटसहित तीन जना पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ९ गते १८:२४ मा प्रकाशित

बारा,९ पुस– प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत ३ जना रहेका छन ।

उनीहरुलाई नेपाली एक हजार रुपैयाँ दरको नक्कली नोटसहित शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us