
काठमाण्डु,९ पुस– कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । आज शनिबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको बताएका छन । सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ ।
उनले भने ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन । चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो । अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो । यसको असर निर्वाचन परिणाममा देखियो ।
जित्ने ठाउँमा पनि कांग्रेसले पराजय भोग्नुपर्यो । कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए ।
‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो । यसपटकको तितो पाठ संगठनको मात्रै भर गर्यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो, । ’