प्रचण्डलाई गठबन्धन नछाडिदिन रामचन्द्र पौडेलको आग्रह

काठमाण्डु टुडे २०७९ पुष ९ गते १६:११ मा प्रकाशित

काठमाण्डु,९ पुस– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए । त्यस क्रममा उनले प्रचण्डलाई सत्तारुढ गठबन्धन नछोड्न आग्रह गरेका उनीनिकट एक नेताले बताएका छन ।

प्रचण्डले सत्तारुढ गठबन्धनको सरकार बन्दा पहिलो पालोमा आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखिरहेका छन् । पौडेलले भने पहिलो पालोमै वा पछि जहिले भए पनि अहिलेको सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धन नतोड्न आग्रह गरेका पौडेलनिकट नेताले जानकारी दिएका छन ।

सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपरान्ह ५ बजेसम्मको समय दिएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us