
एजेन्सी– भारतको तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो ।
अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरु सबरीमालाको दर्शन गरेर घर फर्कँदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो।
उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको हो । यस्तै उक्त दुर्धटनामा परि ९ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् ।
थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ,’ थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले बताएका छन् ।