
काठमाण्डु, ८ पुस– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गरिएको छ ।
‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेको छ । तर, भारत र चीनमा भेटिएको बिएफ ७ भने नेपालमा अहिलेसम्म कसैमा पुष्टि नभएको मन्त्रालयले स्पष्ट गरेको छ ।