ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा भारतीय आरोहीको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । जारी वसन्त ऋतुको आरोहण सिजनमा ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा ल्होत्से फेसको एल्लो ब्यान्ड रिजन नजिक ४० वर्षिय राकेश कुमारको मृत्यु भएको पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिएका छन ।

उनको ४ जेठका दिन मृत्यु भएको उनले जानकारी दिए । उनले ल्होत्से हिमाल आरोहण गर्न ४ वैशाख २०८२ का दिन एट के एक्स्पिडिसनबाट आरोहण अनुमति लिएका थिए ।

विभागले मृत शरीर काठमाण्डू ल्याउन सम्बन्धित एजेन्सीसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । अहिले हिमाल आरोहण जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us