भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेकोप्रति माओवादीको आपत्ति

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १५:५३ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई सहभागी नबनाएको भन्दै आपत्ति व्यक्त गरेको छ ।

लेखा समितिले भैरहवा विमानस्थल नेपाली कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । जसमा आफ्नो दललाई सहभागीता नगराइएको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति व्यक्त गरेका हुन ।

आज (बुधबार) समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले आफ्नो दललाई सहभागी नगराएको विषयमा गम्भीर आपत्ति व्यक्त गरेका हुन । उनले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध माननीयज्यूहरूलाई उपस्थित नगराइ उपसमिति बनाइएको छ ।

यो विषयप्रति पनि गम्भीर आपत्ति जनाउँछु ।’ उपसमितिमा नेकपा एमालेका सांसदहरू योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, कांग्रेस सांसद श्यामकुमार घिमिरे, रास्वपा सांसद मनीष झा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us